राजनीति

अपहरणमा परेका अध्यक्षको खोजी कार्य तीब्र, हेलिकप्टर परिचालन गर्ने तयारी

फाइल फोटो

दैलेख– आईतबार विहान सवा १२ बजे नेकपा विप्लव समुहबाट अपहरणमा दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको खोजी कार्य तीब्र बनाईएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अपहरित अध्यक्षको खोजी कार्य तीब्र बनाएका हुन्।सम्भावित स्थानमा खोजी गर्न नेपाल प्रहरी दैलेखका डिएसपी हरीबहादुर ओली र सशस्त्र प्रहरी दैलेखका जीवन भट्टराई त्यस तर्फ गएका छन्।

आवश्यक उद्धारका लागि हेलिकप्टर समेत तयारी अवस्था राखिएको छ। सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै घटनास्थल तर्फ पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

सुरक्षाकर्मीहरु दैलेख कालिकोट सीमा नजिक पुगेपनि अहिलेसम्म अध्यक्ष शाहीको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्लाबाट थप प्रहरी पुग्न लामो समय लाग्ने भएकाले केही दिनदेखी गाउँमै गस्तिमा रहेको नेपाल प्रहरी र सशत्र प्रहरी स्थानीय प्रहरी चौकीहरुबाट प्रहरी परिचालन भएको छ।

दैलेख, कालिकोट र अछामबाट प्रहरी टोली खटिएको भएपनि अपहरण गरेर लगेको ठाउँबारे अँझै प्रहरी अनविज्ञ छ। अपहरण गरेर लैजाने सम्भावित स्थानहरुमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले बताए। 

प्रकाशित: ६ पुस २०७६ ०७:०२ आइतबार

विप्लव_समुह अपहरण