राजनीति

अन्तर्राष्ट्रिय खेलाडी कसलाई भन्ने?

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा लम्बिएको छ।

अन्तर्राष्ट्रिय खेलमा सहभागि भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागि हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ। अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिइन्।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागि हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताए। 'छनोट गर्दा तिमी अन्तर्राष्ट्रिय खेलमा सहभागि भयौ। मेडल ल्यायौ भने अन्तर्राष्ट्रिय खेलाडी भयौ नल्याएको खण्डमा सहभागि मात्रै भयौँ भन्न मिलेन’’, थापाले भने।

सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागि हुनु फरक कुरा भएकाले सहभागि हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए। प्रकृया पुरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएपनि सहभागिलाई समेत मान्यता दिनुपर्ने धारणा उनको थियो।   

प्रकाशित: ४ पुस २०७६ १०:१७ शुक्रबार

खेलाडी अन्तर्राष्ट्रिय परिभाषा