राजनीति

प्रतिवेदनमाथी आलोचनात्मक सुझाव

फाइल फोटो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ। 

प्रतिवेदनमाथि वामदेव गौतम, भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावली, योगश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नी सापकोटा लगायतका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए। वामदेव गौतमले लिखित रुपमा सुझाव पेश गरेका हुन्। 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले विधान संशोधन तथा प्रतिवेदनमाथी आलोचनात्मक सुझाव प्रस्तुत गरेका थिए।

‘सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ’,प्रवत्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिवेदनमा रहेका छुटेका विषय, कमजोरी सच्याउन र आफुलाई लागेको विषयमा सदस्यहरुले धारणा राखेका छन्।’ प्रवक्ता श्रेष्ठका अनुसार अधिकांंश सदस्यहरुले प्रतिवेदन सहि रहेको धारणा व्यक्त गरेका थिए।

आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ। 

प्रकाशित: ३० मंसिर २०७६ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App