राजनीति

सांसद भट्टराईको सपथ बुधबार

काठमाडौं – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराईले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएकी छन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी छ।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट २४ हजार ३ सय ९४ मत ल्याएर उनी निर्वाचित भएकी हुन्। आगामी अधिवेशनको पहिलो बैठकमा भाग लिन पाउने अधिकार उनलाई भएकाले बुधबार सपथ गराउन लागिएको हो। सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन लागेकी हुन्। उपसभामुख र सांसद सदस्यको सपथ सभामुखले गराउने व्यवस्था छ।

प्रकाशित: ३० मंसिर २०७६ ०४:४७ सोमबार

सपथ