राजनीति

पाथीभरा मन्दिरको सुटुक्क दर्शन गरी फर्किए नेता पौडेल

पाथीभरा मन्दिरमा नेता पौडेलसहितको टोली। तस्बिरः इन्द्रनारायण भट्टराई

ताप्लेजुङ- ताप्लेजुङ पार्टीको आगामी महाधिबेशनलाई मुख्य एजेण्डा बनाउनु पर्ने सर्तसहित बैठकमा त्यो एजेण्डा नबन्दा पार्टी बैठक नै बहिष्कार गर्दै आएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक टोलीका साथ आइतबार सुटुक्क ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर दर्शन गरी फर्किएका छन्।

नेपाली काँग्रेस ताप्लेजुङका महाधिबेशन प्रतिनिधि इन्द्रनारायण भट्टराईले नेता पौडेल मन्दिरको दर्शन गरी फर्किएको पुष्टी गरे। भट्टराईका अनुसार नेता पौडेल छोरा चिन्तन, बुहारी नीता र नातिसहितको टोली लिएर पाथीभरा मन्दिरको दर्शन गरेर फर्किएका छन्।

धनकुटाको भेडेटारबाट हेलिकोप्टरमा पाथीभरा मन्दिर आएका उनी दर्शन लगत्तै सोहि हेलिकोप्टरमा फर्किएको भट्टराईले जानकारी दिए।

 

प्रकाशित: २९ मंसिर २०७६ ०९:०९ आइतबार

पाथीभरा_मन्दिर दर्शन