राजनीति

प्रधानमन्त्रीलाई डायलासिसका लागि अस्पताल लगियो

फाइल फोटाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित डायलासिसको लागि अस्पताल लगिएको छ। मंगलबार साँझ महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो। उनकाे दुई हप्ताअघि एपेन्डिक्सको अप्रेशन गरिएकाे थियाे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नागरिक न्यूजसँग भने ‘उहाँलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको हो।’ उनका अनुसार १३ औं दक्षिण एशियाली खेलकुद (साग)को समापन हेरेपछि अस्पताल लगिएको हो। प्रधानमन्त्री ओलीलाई आजै निवास आउनेछन्।

प्रकाशित: २४ मंसिर २०७६ १४:०४ मंगलबार

केपी_शर्मा_ओली डायलासिस अस्पताल