राजनीति

पौडेलको स्थानीय पूर्वाधारको सबै रकम शिक्षामा

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट शतप्रतिशत शिक्षामा लगानी गरिने भएको छ। कार्यक्रम निर्देशक समितिका संयोजक तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एंव पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले यहाँका १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको हो।

रुपन्देहीका सामुदायिक विद्यालयहरुले शैक्षिण गुणस्तर वृद्धि हुँदै गएकाले यो पटक सांसदले पाउने रकमलाई शिक्षामा लगानी गर्ने निर्णय भएको सांसदका स्वकिय सचिव यमराज पाण्डेले जानकारी दिए। समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख अध्यक्ष सदस्य रहने व्यवस्था छ। जताततै बजेट बाड्नु भन्दा एकत्रित गरेर बजेट दिदा नतिजा निस्कने भएकाले शिक्षा क्षेत्रमा बजेट छुट्याइएको पाण्डेले बताए।

रूपन्देहीको तिलोत्तमा–६ पश्चिम पाहुनी मावि तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक कदरबहादुर रीता मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०/५० लाख रूपैयाँ बजेट छुट्टाइएको छ।

यसैगरि सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाख ५० लाख र जनता मावि बुटवल–८ लाख ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम र कार्यविधि दिइँदैछ।

यसअघि सांसद विकास कोषका नाममा पौडेलले विकास निर्माण, सामाजिक सशक्तिकरणका क्षेत्रमा खर्च गरेका थिए। स्थानीय साझेदारी कार्यक्रमको सैनामैना, तिलोत्तमा र बुटवल उपमहानगरपालिकामा बजेट आउनेछ। 

प्रकाशित: २० मंसिर २०७६ १०:३२ शुक्रबार

नेकपा विष्णु_पौडेल स्थानीय_पूर्वाधार_विकास_साझेदारी_कार्यक्रम शिक्षा_श्रेत्र