राजनीति

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

काठमाडौं- एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाई चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन्।

महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रकाशित: १८ मंसिर २०७६ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App