राजनीति

दाङ ३ मा नेकपाकी खत्री विजयी

दाङ - दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाकी विमलाकुमारी खत्री विजयी भएकी छन्। नेपाली कांग्रेसका केशवराज शर्मालाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

खत्रीले २४ हजार २८६ मत प्राप्त गरेकी थिइन् भने कांग्रेसका शर्माले १९ हजार २८२ मत प्राप्त गरेका थिए। ६८ हजार मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७४५ मत खसेको उक्त क्षेत्रमा ७९७ मत बदर भएको थियो।

प्रकाशित: १६ मंसिर २०७६ ०१:३८ सोमबार

विजयी नेकपा