कास्की । शनिबार भएको उपनिर्वाचनमा मत परिणाम आउनेक्रम जारी छ। प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ७ हजार २९ रहेको छ।
जारी मत गणनामा भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छिन्। पौडेलले भने ७ हजार ८ सय ५० मत ल्याएका छन्।
कास्की– २ मा७१ हजार ८ सय ७१ जना मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको छ।
प्रकाशित: १५ मंसिर २०७६ ०८:०९ आइतबार