धनगढी- कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ बिजयी भएका छन् । ५ सय २८ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।
नेपाली कांग्रेसबाट दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । समाजवादी पाटीबाट भीमबहादुर पाख्रिनले ७५, राप्रपाका पदमबहादुर शाहीले ७ मत पाएका छन् । भने ४ मत बदर भएको छ । १ हजार ९ सय ९९ मतदाता रहेकोमा ९ सय २४ मत खसेको थियो ।
वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएकाले उपनिर्वाचन भएको हो ।
प्रकाशित: १४ मंसिर २०७६ १४:१५ शनिबार