राजनीति

कार्यकारी अध्यक्षसहित पार्टीकाे नेतृत्व प्रचण्डले गर्ने, सरकारको जिम्मा पुरा कार्यकाल ओलीलाई

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बुधबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। त्यस्तै सरकारको नेतृत्व अब केपी शर्मा ओलीले नै गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाको बैठक संयुक्त अधयक्षतामा सञ्चालन हुनेछ। तर आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन भने प्रचण्डले गर्नेछन्।

प्रकाशित: ४ मंसिर २०७६ ०९:५८ बुधबार

नेकपा_सचिवालय_बैठक