राजनीति

दुई तिहाईकाे बदला उपनिर्वाचनबाट लिन्छौंः कोइराला

कार्यक्रममा सहभागी अतिथिहरु

रुपन्देही- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान नेकपा सरकारले जनतामा निराशा पैदा गरेको भन्दै उपनिर्वाचनमार्फत आशा जगाउने बताएका छन्। उनले नेकपाको सरकारले भ्रष्टाचार, महंगी र कर मात्रै थोपारेको भन्दै त्यसबाट मुक्ति दिलाउन कांग्रेस पार्टी नै आवश्यक हुने बताए।

नेपाल ट्रेड यूनियन काँग्रेस प्रदेश ५ को प्रथम परिषद तथा महिला र युवा अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै पार्टी महामन्त्री कोइरालाले कम्यूनिष्ट सरकारको दुई तिहाईको दम्भलाई उपनिर्वाचन मार्फत बदला लिने मौका आएको बताए। ‘कम्यूनिष्ट सरकारले पानी जहाज र रेलको झुटा सपना बाँडेको छन्, उनले भने– ‘गाडी गुड्ने सडक नभएको मुलुकमा यस्ता झुटा सपनाको अर्थ छैन्।’ उनले सरकारले शक्ति समेत केन्द्रीकृत गर्दै लगेको बताए।

उनले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान र विभिन्न राजनीतिक परिवर्तन भएको भन्दै अब यसलाई बचाउनका लागि काँग्रेस फेरी एकताबद्ध भएर अगाडि आउनुपर्ने उनले बताए। महामन्त्री कोईरालाले २०४६ सालको आन्दोलनमा नेपालमा कम्यूनिष्ट पार्टीसँग हातेमालो गरेपछि नै काँग्रेस कमजोर हुन थालेको बताए।

‘विपि कोइराला शुरुमा कम्यूनिष्ट नै हुनुहुन्थ्यो, तर पछि कहिल्यै कम्यूनिष्टसँग सहकार्य गर्नुभएन’ कोइरालाले भने–‘काँग्रेसले हातेमालो गरेर कम्यूनिष्टलाई बैतरणी ता¥यो, काँग्रेस यो हालतमा आयो।’

उनले नेपाली काँग्रेसभित्रको आन्तरिक गुटबन्दी, द्धन्द्ध र तिक्तताले गर्दा कम्यूनिष्टको दुई तिहाई मत आएको बताए। ‘काँग्रेसभित्र एकता नहुँदा कमजोर भएको हो, एकता भए कसैले हराउन सक्दैन’ उनले भने। उनले मंसिर १४ मा हुने उपनिर्वाचनलाई काँग्रेसले  लिटमस टेस्टका रुपमा लिने बताए।

प्रकाशित: २७ कार्तिक २०७६ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App