राजनीति

वडाध्यक्षमा सात जनाको उम्मेदवारी

सर्लाही– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि सात जनाको मनोनयन दर्ता छ। निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार सात जनाले मनोनयन दर्ता गराएका हुन्।

दुई जना स्वतन्त्रसहित सात जना उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दोस मोहम्मद अंसारी, नेपाली कांग्रेसबाट रामपृत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्ष इसाक अन्सारीको गत वर्ष निधन भएपछि हरिपूर्वा नगरपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो। एक हजार ३ सय ५६ जना मतदाता रहेका छन्।

प्रकाशित: २७ कार्तिक २०७६ १०:४२ बुधबार

उपनिर्वाचन वडाध्यक्ष मनाेनयन