राजनीति

सर्वदलीय बैठकमा देउवाले भनेः हाम्रा सबै भुभाग फिर्ता हुनुपर्छ, सरकारको साथमा छौं

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै देउवाले नेपाली भूमि फिर्ताका लागि सरकारले गर्ने उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा प्रतिपक्षको पूर्ण साथ रहने स्पष्ट पारे। 

‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो। कालापानी पश्चिमको नदी महाकाली नदी हो। सो पूर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्छ। यसका लागि हाम्रो पूर्ण साथ रहनेछ’, देउवाले बैठकमा भनेका छन्। 

प्रकाशित: २३ कार्तिक २०७६ १५:१६ शनिबार

सर्वदलीय_बैठक शेरबहादुर_देउवा कालापानी_र_लिपुलेक सरकार