राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

फाइल फोटाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। नेपालको भूभाग पनि आफ्नै भन्दै भारतले केहि दिन अघि सार्वजनिक गरेको नक्सालगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि शनिबार दिउँसो ४ बजे सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, विभिन्न  दलका नेताहरू र सीमा विज्ञहरुलाई बोलाइएको छ।

प्रकाशित: २२ कार्तिक २०७६ १३:५३ शुक्रबार

प्रधानमन्त्री सर्वदलिय_बैठक