राजनीति

कास्की-२ मा पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले बुधबार पौडेललाई उम्मेदवार बनाएको हो।

कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि मंसिर १४ गते यहाँ उपनिर्वाचन हुँदैछ। सत्तारुढ नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले उम्मेदवार बनाएका पौडेल पुराना नेता तथा संस्थापक विपी कोइरालासँग पनि संगत गरेका थिए। कास्की २ मा यसअघि धनराज गुरुङको नाम पनि चर्चामा थियो। तर, उनले स्थानीयलाई टिकट दिन सुझाव दिएका थिए।

प्रकाशित: २० कार्तिक २०७६ ०८:५४ बुधबार

नेपाली_कांग्रेस उपनिर्वाचन कास्की