काठमाडाैँ – भारत सरकारको रवैयाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले विशाल प्रदर्शन गर्ने भएको छ। भारतीय विस्तारवादको भन्डाफोर र नेपाल सरकारलाई बल पु-याउने तवरले अनेरास्ववियूले आज विशाल प्रदर्शन गर्न लागेको छ।
दिउँसो ३ बजे आरआर क्याम्पस प्रदर्शनी मार्गमा अनेरास्ववियूले विशाल प्रदर्शनको लागि अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए।
उनले भने,' पछिल्लो समय भारतले नेपालको सीमा मिच्दै आएको छ र हुँदा हुँदै अब भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानीसहित लिपुलेक जग्गा आफ्नोमा पारेको विरुद्ध विशाल प्रदर्शन गर्न लागेका छौँ।’
प्रकाशित: २० कार्तिक २०७६ ०६:४२ बुधबार