राजनीति

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला नियुक्त

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त भएका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। कोइराला अहिले उपत्यकासहित ७ वटै प्रदेशमा बाल अस्पताल खोल्ने अभियानमा छन्।

यसअघि डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरिएको थियो। 

प्रकाशित: १७ कार्तिक २०७६ ०९:२७ आइतबार

नेपाल_मेडिकल_काउन्सिल भगवान_कोइराला मन्त्रिपरिषद_बैठक