राजनीति

कांग्रेसले टुङ्गायो धरानमा उम्मेदवार

धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवार चयन गरेको छ। शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तिकल राईको नाम स्वीकृत गरेको हो। आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा धरानको उम्मेदवारबारे कांग्रेस भित्र विवाद हुँदै आएको थियो।

‘पार्टीको विधान अनुसार धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत रुपमा तिलक राईको नाम सिफारिस गरिएको छ’ बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्य स्थानका उम्मेदवारको पनि पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरि निर्णय लिइने कांग्रेसले जनाएको छ। 
 

 

प्रकाशित: १५ कार्तिक २०७६ ११:०४ शुक्रबार

धरान_उप–महानगरपालिका कांग्रेस तिकल_राई