राजनीति

गुठीको नाममा भएका सामन्ती उत्पीडन सरकारलाई स्वीकार्य हुँदैनः उपप्रम पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कुण्डित नगर्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई अपिल गरे। 

नेपाल संवत ११४० को अवसर पारेर राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार जनताको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यताको पक्षमा दृढतापूर्वक उभिने पनि पटक–पटक दोहोर्याए। तर, गुठीको नाममा भएका सामन्ती उत्पीडन भने सरकारलाई स्वीकार नहुने पोखरेलको चेतावनी थियो। ‘जनताले आफू मिलेर गुठीद्वारा स्थापित गर्न चाहेका कुराको पक्षमा सरकार दृढतापूर्वक उभिन्छ’, उपप्रम पोखरेलले भने, ‘तर गुठीको नाममा जनतालाई जोताहा बनाउन दिने कुरा सरकारलाई स्वीकार्य छैन।’

उपप्रधानमन्त्री पोखरेलले नेपाल संवतलाई जनताको संवतको रुपमा स्थापित गराउने चुनौतीलाई सामना गरेर अघि बढ्न पनि त्यसका अभियन्ताहरुलाई आग्रह गरे। नेपाल संवत नेपालको पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई स्थापित गराउन सरकारले सबै खालको सहयोग गर्ने पनि उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता छ। 

प्रकाशित: १२ कार्तिक २०७६ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App