राजनीति

पूर्व सभासद सुवेदीको निधन

काठमाडौं – पूर्व सभासद कमला सुवेदीको ५१ वर्षको उमेरमा निधन भएको छ।

संविधानसभा सदस्य एवं तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य सुवेदीको भक्तपुरको लोकन्थलीस्थित निवासमै शनिबार विहान निधन भएको हो।

ब्रेन ट्युमरबाट पीडित सुबेदीको गत पुसमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा अप्रेशन गरिएको थियो। सुवेदी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी थिइन्।

उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सुवेदीको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए। सुवेदीका श्रीमान्, एक छोरा र एक छोरी छन्।

प्रकाशित: ९ कार्तिक २०७६ ०५:२७ शनिबार

कमला_सुवेदी निधन