राजनीति

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ  नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए। 

संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र लिङ्गको  हुनपर्ने व्यवस्थालाई उल्लंघन गर्दै यसअघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नुहने बताए।

विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दा माथि कोही नभएकाले जुन सुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा काग्रेस प्रतिवद्ध रहेको बताए। 

कांग्रेस सभापति देउवाले त अनुसन्धानलाई नै प्रभावित हुनेगरी आलमको पक्षमा अभिव्यक्ति दिनुभयो नी भन्ने प्रश्नमा विश्वकर्माले देउवाले बोलेका कुरा र समाचार बनाउने कुरामा केही तादम्यता नमिलेर त्यसो हुन गएको हुनसक्ने भन्दै  पछि सभापतिलेनै त्यसलाई खण्डन गरेर विज्ञप्ति जारी गरिसकेको स्मरण गराए। उनले कुनै पनि बाहनमा काग्रेसले अपराधीको पक्षपोषण गर्न नसक्ने स्पष्ट पारे।

प्रकाशित: ५ कार्तिक २०७६ १०:१४ मंगलबार

नेपाली_कांग्रेस मीन_विश्वकर्मा नेकपा सभामुख_र_उपसभामुख_चयन