राजनीति

राज्यभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापानमा

फाइल तस्बिर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको राज्यभिषेकमा सहभागी हुन म्यान्मारबाट त्यसतर्फ प्रस्थान गरेकी छिन्। सोमबार हुने राज्यभिषेकमा सहभागी हुन भण्डारी आइतबार जापान प्रस्थान गरेकी हुन्।

थाइ एयरवेजबाट बैंकक हुँदै राष्ट्रपतिको टोली जापान पुग्नेछ। भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणमा निस्केकी थिइन्। उनी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरबैजानको बाकु जाने भएका छन्। अक्टोबर २५ र २६ मा हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले २६ अक्टोबरमा सम्बोधन गर्नेछन्।

२५ अक्टोबरमा प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इहाम अलियेभले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। अक्टोबरमा २७ मा प्रधानमन्त्री ओली स्वदेश आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागीसहितका अधिकारी सहभागी हुनेछन्।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:२८ सोमबार

राज्यभिषेक विद्यादेवी_भण्डारी