राजनीति

‘राजनीतिक मुद्दामा प्रतिशोध साँधियो, बयान दिन अदालत जान्छु’

२०७४ को स्थानीय निर्वाचनमा दोलखामा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। चुनावी प्रचारका क्रममा जुँगुमा भदौ २६ गते राती हाम्रो पार्टी (तत्कालिन एमाले) बाट वडा सदस्यका उम्मेदवारका छोरा कुलबहादुर तामाङको माओवादी कार्यकर्ताहरुले हत्या गरे। हामीले त्यतीखेर घटनामा संलग्न  ४० जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरेका थियौं। 

पछि त्यो मुद्दाका एक जना अभियुक्तमध्ये जुँगु गाउँका विरध्वज खड्कालाई पीडित परिवारका मान्छेहरुले राजधानीको गौशालामा देखेछन्। सामन्य कुटपिट समेत गरेर गौशाला प्रहरीलाई बुझाएछन्। म त्यतीखेर दाङमा थिए। पछि ती खड्काले मसहित केही विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा बोकेर गौशाला प्रहरी बृत्त पुगेका रहेछन्।

यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु।

बृत्तका तत्कालिन डिएसपीले घटनाका बखत दाङमा रहेको मेरो नाम देखेपछि मुद्दा नलिई फर्काइदिएका रहेछन्। पछि माओवादी र कांग्रेसको संयुक्त सरकार गठन भएका बखत राजनितिक प्रतिशोधका आधारमा शक्ति केन्द्रको पावर भिडाएर महानगरीय प्रहरी परिसर टेकु हुँदै अदालतमा मुद्दा दायर भएको रहेछ। 

अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो। बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु।

(सांसद पार्वत गुरुङसँग गरिएकाे कुराकानी) 

प्रकाशित: २९ आश्विन २०७६ १३:३३ बुधबार

पार्वत_गुरुङ ज्यान_मुद्दा अदालत पक्राउ_पूर्जी