राजनीति

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसहित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। 

प्रतिनिधिसभा र राष्ट्रिसभाबाट पारित राहदानी तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक र सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले सोमबार प्रमाणीकरण गरेकी हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेकी हुन्।

प्रकाशित: २७ आश्विन २०७६ १२:१६ सोमबार

विधेयक राष्ट्रपति प्रमाणीकरण संघीय_संसद