राजनीति

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

संयुक्त वक्तव्यमा दुई देशीय सम्वन्धलाई रणनीतिक साझेदारीमा विकास गर्ने उल्लेख गरिएको छ। वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनबारे समेत जोड दिइएको छ। विकास र स्थायीत्वको लागि सहयोग रहने समेत बताइएको छ।  नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने वक्तव्यमा उल्लेख छ। नेपालको तिव्र आर्थिक विकासको लागि चीन सहयोगि रहेको विज्ञप्तिमा बताइएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ११:५८ आइतबार

चिनियाँ_राष्ट्रपति सी_चिनफिङ भ्रमण