राजनीति

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

काठमाडौं-  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

नेकपाका सचिवालय सदस्यहरुसँगको भेट पछि सीले दाहाललाई भेटेका हुन्। दुई नेताको भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको जनाइएको छ।

यस अघि सन् २०१३ मा बेइजिङमा सी र दाहालबीच भेट भएको थियो। त्यस पछि दाहाल प्रधानमन्त्री भएपछि बेजिङमा र ब्रिक्स -बिमस्टेक बैठकको क्रममा गोवामा भेट भएको थियो।

प्रकाशित: २६ आश्विन २०७६ ०६:३८ आइतबार

सी_चिनफिङ भ्रमण प्रचण्ड