राजनीति

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै  लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको समेत बताइन्।

उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताइन्। उनले सम्वोधनको क्रममा आफ्नो चीन भ्रमणलाई समेत सम्झिइन्। रेसमी मार्गको उद्गम स्थल पुगेको र राष्ट्रपति सीको जन्न नगर पुगेको बताउँदै उनले चीनको आर्थिक विकासको प्रशंसा गरिन्।

 

प्रकाशित: २५ आश्विन २०७६ १५:२८ शनिबार

चिनियाँ_राष्ट्रपति सी_चिनफिङ भ्रमण