राजनीति

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

काठमाडाैँ - चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका छन्।  चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आएका हुन्। विमानस्थलमा  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन्। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

चिनियाँ राष्ट्रपति सी स्वागतका लागि काठमाडौंका मुख्य सडक फेरिएका छन्। सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।  उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ।

प्रकाशित: २५ आश्विन २०७६ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App