राजनीति

चिनियाँ राष्ट्रिपति ‘सी’ आउँदा साढे दुई घण्टा उडान प्रभावित

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं ‍ओर्लिंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा प्रभावित हुने भएको छ। उडानको प्रभाव आन्तरिक तथा बाह्य दुवैमा पर्ने छ।

विमानस्थल कार्यालयले सूचना जारी गर्दै  ‘अतिविशिष्ट मुभमेन्ट’ का कारण उडान प्रभावित हुने जनाएको हो। यता सी फर्कने समयमा पनि साढे २ घण्टा उडानमा अवरुद्ध आउने छ। सी आइतबार फर्केने छन्।

शनिबार ३ बजेदेखि साँझ साढे ५ बजेसम्म र आइतबार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान प्रभावित हुने छ। 

 

 

प्रकाशित: २५ आश्विन २०७६ ०८:३७ शनिबार

सी_जिनफिङ उडानको_प्रभाव