राजनीति

चिनियाँ राष्ट्रपति सी अबकाे दुई घण्टामै काठमाडौंमा

फाइल तस्बिर

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

विमानस्थलमा  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

प्रकाशित: २५ आश्विन २०७६ ०८:३५ शनिबार

चिनियाँ_राष्ट्रपति सी_चिनफिङ