राजनीति

नेपालसँग चीनको अपेक्षा

चिनियाँ राष्ट्रिपति सि जिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा राजधानीको सोल्टी होटल बाहिर सुरक्षा दिंदै प्रहरी। तस्बिरः नागरिक

काठमाडौं –‘हामीले हाम्रा घरेलु र विदेश नीतिहरू बाह्य संसारसमक्ष प्रस्टरुपमा भन्नुपर्छ, चीनलाई स्वीकार्य हुने तरिकाले व्याख्या गर्नुपर्छ र आफूलाई अरुले सुन्ने गरी प्रस्तुत हुनुपर्छ, चीनको बाह्रौं राष्ट्रपतिको शपथलगत्तै आयोजीतक कूटनीति सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दै सी जिनफिङले भनेका थिए।

झट्ट सुन्दा चिनीयाँ राष्ट्रपति सीको अभिव्यक्ति समान्य जस्तो लागेपनि तीब्र आर्थिक विकास गरी रहेको उसले आफ्नो परराष्ट्र नीति परिर्वतनको संकेत गर्दछ। लामो समयसम्म बन्द समाजमा अभ्यस्त चीनको राष्ट्रपतिमा सन् २०१३मा सीले पुनः जिम्मेवारीमा सम्हालेसँगै सुन्ने कुटनीतिक नीति परिर्वतन गर्दै ‘पब्लिक डिप्लोमेसीु मा कुटनीतिमा जोड दिएको हो।

चिनियाँ सपनालाई छिमेकीहरूको दृष्टिकोणबाट राम्रो जीवन र क्षेत्रीय समुन्नतिका लागि व्याख्या गर्नुपर्छ र सामूहिक नियतिसम्बन्धी भावनाको विजारोपण गर्नुपर्छ भन्नेमा सीले जोड दिंदै आएका छन्। आफ्नो देशको आर्थिक सवकास र संबृद्धि विश्वलाई देखाउन लालाहित चीन त्यससँगै छिमेकी र क्षेत्रीय मुलुकहरुसँगको सम्बन्धलाई अझ धेरै प्रगाड बनाउने रणनीतमा जुटेको छ। सोही नीति अन्र्तगत छिमेकी क्षेत्रीय राष्ट्रहरुको भ्रमणमा चिनीयाँ राष्ट्रपति सी निस्की रहेका छन्। सोही क्रममा राष्ट्रपति सी शनिबार नेपालको दुई दिने भ्रमणको क्रममा काठमाडौं आइपुग्ने छन्। २३ वर्षपछि भारत हुँदै नेपाल आउन लागेका चिनीयाँ राष्ट्रपति सीको भ्रमण नेपालको आर्थिक विकास र संबृद्धिमा चिनीयाँ सहयोगका लागि महत्वपूर्ण हुनेछ। केरुङ–काठमाडौं रेलमार्गसहित ट्रान्समिसन लाइनसहितका महत्वपूर्ण परियोजनामा चिनीयाँ सहयोगको अपेक्षा नेपालले गरेको छ।

आर्थिक विकास र संबृद्धिका लागि चीन आफै सक्षम रहेपनि छिमेकी मुलुक नेपालसँग पनि उसका केही अपेक्षाहरु छन्। आर्थिकरुपकले कमजोर र भौगोलिकरुपले सानो मुलुक भएपनि सामरीकरुपले नेपालको भूगोललाई चीनले निकै महत्वपूर्ण र संवेदनशिलरुपमा रहेको उनीहरुको बुझाइ छ। आर्थिकरुपले कमजोर नेपाललाई अन्य शक्ति राष्ट्रहरुले आफुविरुद्ध प्रयोग नगरुन् भन्नेमा चीनको चासो र चिन्ता देखिन्छ।

एक चीन नीतिमा नेपाल अडिक रहेपनि तिब्बतलाई हेर्ने नेपालको दृष्टीकोण परिवर्तन नहोस् भन्ने उसको अपेक्षा रहेको विश्लेषकहरु बताउँछन्। दलाई लामा र उनका अनुयायीहरुले नेपालको भूमि प्रयोग गरेर तिब्बत बिरोधी गतिविधि नहोस् भन्ने उसको अपेक्षा छ। नयाँ दलाई लामा चिनीयाँ भूमिबाटै छनोट हुनुपर्छ भन्ने चीन रहेको छ। त्यसमा पनि नेपालको साथ र सहयोगको अपेक्षा गरेको चीन नेपालमा जातिय, क्षेत्रीयताको आधारमा प्रदेश र त्यसको सिमांकन र नामाकरण नहोस् भन्ने उसको चाहना छ। त्यसले चीन आन्तरिक राजनीतिमा पनि असर पार्ने उसको बुझाइछ।

प्रकाशित: २५ आश्विन २०७६ ०६:३८ शनिबार

नेपाल_चीन अपेक्षा