राजनीति

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन्। उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन्।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०७६ ०७:०० मंगलबार

उपराष्ट्रपति टीका नन्दबहादुर_पुन