राजनीति

महरालाई पक्राउ गर्न अदालतको अनुमति

फाइल तस्बिर

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महारालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका महरालाई

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो। अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

प्रकाशित: १९ आश्विन २०७६ ०९:५३ आइतबार

पक्राउ अनुमति कृष्णबहादुर_महारा