राजनीति

त्रिविको उपकूलपतिमा भगवान कोइरालासहित तीन सिफारिस

काठमाडौं - सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा ३ जनाको नाम सिफारिस गरेको छ। डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उनीहरुको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरिएको जानकारी दिए।

कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको उपकूलपतिमा लागि चयन हुनेछन्। त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार उनीहरुको नाम बुझाइसकेको हो।

तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम थिए। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न 'सर्च कमिटी' गठन गरिएको थियो।

प्रकाशित: १७ आश्विन २०७६ ०३:२१ शुक्रबार

त्रिभुवन_विश्वविद्यालय सर्च_कमिटी