राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ्ग–रसुवा–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्। 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किएका मन्त्री ज्ञवालीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताए। मन्त्री ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको बिकास सहायताले नेपालको बिकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए। भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि बताए। 

मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलका एजेन्डामा मुख्य रुपमा केरुङ्ग रसुवा काठमाडौं रेलमार्ग हुने बताए। यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताए। 

प्रकाशित: १६ आश्विन २०७६ ०३:१७ बिहीबार

चिनियाँ_राष्ट्रपति नेपाल_भ्रमण रेलमार्ग