राजनीति

बलात्कार आरोपः जसले सिध्यायो महराको चार दशक लामाे राजनीतिक इतिहास

काठमाडौं– बलात्कार आरोपमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यसअघि पनि विभिन्न आरोपहरुमा मुछिने गरेका थिए। तर यसअघिका करिब आधा दर्जनभन्दा बढी आरोपमा मुछिएका महरालाई खासै असर गरेको थिएन्। तर सोमबार संसदकै एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि महराले मंगलबार नै राजीनामा दिनुपर्यो।

यसअघिका काण्डहरुले खासै असर नगरे पनि महरालाई यसपटक भने करिब ४० वर्षे राजनीतिको सबैभन्दा ठूलो झट्का लाग्यो। महराको राजनीति भविष्य मात्रै होईन, सामाजिक हिसावले पनि ठूलै धक्का लाग्यो। झट्ट हेर्दा शालिन र भद्र स्वभाव देखिन्छन् महरा । पूर्वमाओवादीभित्र पनि भद्र भलात्मीको उनले उपमा पाएका थिए। तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत ‘साँस्कृतिक विचलन’मा नपरेका महरामाथि अहिले बलात्कारी आरोप लाग्नु आश्र्चयको विषय बनेको छ।  तत्कालिन माओवादीले ‘साँस्कृतिक विचलन’मा परेको भन्दै अहिले नाम चलेका कतिपय नेताहरुलाई समेत कारवाही गरेको थियो। तर अहिले नाम चलेका नेतामध्ये जोखिनेमा महरा पनि एक थिए। तर अहिले आएर तत्कालिन माओवादीले भन्ने गरेको ‘साँस्कृतिक विचलन’ कारवाहीमा महरा परेका छन्। उनी बलात्कारीमा मात्र परेनन् नेपाली संसदमाथि ‘कालो दाग’ पनि लाग्यो। तर, अब उनीमाथिको केहि आरोपहरुको चर्चा गरौं।

महराको बलात्कार आरोप नौलो भएपनि अन्य आरोपहरु प्रशस्तै छन्। त्यसमध्ये एक हो प्रधानमन्त्री निर्वाचनमा सांसद खरिदका लागि चीनसँग ५० करोड रुपैयाँ बार्गेनिङ गरेको। २०६७ भदौ १८ गते सार्वजनिक भएको उक्त अडियोमा प्रति सांसद एक करोडका दरले खरिद गर्नका लागि ५० करोड माग गरेको बताइन्छ। तर उक्त विषय कतैबाट पुष्टि हुन सकेको छैन्।

त्यसोत महरामाथिको अर्को आरोप थियो पूर्वमाओवादी लडाकुको रकम भ्रष्टाचार गरेको। माओवादी शान्ति प्रक्रियामा शिविरमा बसेका लडाकुलाई सरकारले दिने पैसामासमेत महराले भ्रष्टाचार गरेको भन्दै नाम जोडिएको थियो। 
करिब ३० हजार ८ सय ५२ जना माओवादी लडाकुका लागि सरकारले दिएको करोडौं रुपैयाँको चेक महराले आफ्नो नाममा लिएका थिए। त्यतिबेला सरकारले माओवादी लडाकुको लागि मासिक पाँच करोड ७३ लाख ८५ हजारका दरले नौ महिनासम्म ५२ करोड रुपैयाँ निकाशा गरेको थियो। उक्त रकम महराले आफ्नो नाममा चेक बनाएर लिएको उनीमाथिको आरोप थियो। 

त्यसोत महरामाथिको अर्को आरोप हो सञ्चारमन्त्री हुँदा सस्तोमा फ्रिक्वेन्सी दिएको। २०६४ सालको नयाँ सरकारमा महरा सञ्चारमन्त्री हुँदा विवादास्पद व्यापारी अजयराज सुमार्गी र पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँलाई सस्तोमा फ्रिक्वेन्सी दिएर पैसा लिएको उनीमाथिको अर्को आरोप हो। सुमार्गीको नेपाल स्याटेलाइटलाई न्यून फ्रिक्वेन्सी शूल्कमा आधारभूत दूरसञ्चार सेवा सञ्चालनको अनुमती दिइएको थियो।

महराले अकुत सम्पति कमाएको भन्दै अख्तियार दुरुपयोग आयोगको अनुसन्धानको घेरामासमेत परेका थिए महरा। २०७३ सालमा अर्थमन्त्री हुनु अगाडी १३ पाना फारम भरेर अख्तियारले उनीमाथि अनुसन्धान थाले पनि मन्त्री हुनु अघिल्लो दिन मात्रै अख्तियारको किलन चिट पाएर अर्थमन्त्री मात्रै होईन उपप्रधानमन्त्रीको पदसमेत पाएका थिए।

त्यति मात्रै होइन महरा अर्थमन्त्री हुँदामा रोल्पामा करोडौं रकमान्तर गरेका थिए। उनलाई त्यतिबेला अख्तियारले उनीमाथि छानविन थालेको थियो। त्यस्तै २०६१ जेठमा भारतको पटनामा भएको ११ जना माओवादी नेताको गिरफ्तारी प्रकरणमा सुराकी गरेका भन्दै देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमलालाई १४ महिना हिरासतमा राखेर अनाहक यातना दिइएको महरामाथि आरोप थियो।

त्यसोत १७ हजार बढीको रगत बगेर आएको गणतन्त्रपछि पूर्वमाओवादी नेताहरुमा सबैभन्दा बढी मन्त्री हुनेको सूचीमा महरा पर्छन्। माओवादी सरकारमा सहभागी भएको केहि पटकबाहेक उनी हरेक पटक मन्त्री बनेका थिए। उनी यसरी बारम्बर सरकारमा सहभागी हुनको कारण तत्कालिन माओवादी (हाल नेकपा)का अध्यक्ष प्रचण्ड हुन्।

प्रकाशित: १४ आश्विन २०७६ १३:४९ मंगलबार

सभामुख कृष्णबहादुर_महरा बलात्कार