राजनीति

शशांकको मागः बलात्कार आरोप निष्पक्ष छानविन हाेस्

फाइल फाेटाे

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गरेका छन्।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको भन्ने आरोप गम्भीर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानवीन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उजले हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानवीन भएर तत्काल निर्णय लिनुपर्ने पनि स्पष्ट पारे। सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरेको थियो। उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सह्य नहुने चेतावनी पनि दिए।

प्रकाशित: १४ आश्विन २०७६ ०९:३५ मंगलबार

नेपाली_कांग्रेस डा._शशांक_कोइराला