राजनीति

नेकपाको सचिवालय बैठक सुरु, महरामाथि लागेको आरोपबारे छलफल हुँदै

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यबहारको आरोपबारे छलफल गर्ने बताइएको छ। सभामुख महरालाई दुर्व्यवहारको आरोप लागेपछि आकस्मिकरुपमा सचिवालयको बैठक बोलाइएको हो।

यस अघि बिहान अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलले यसबारे छलफल गरेका थिए।

सोमबार एक महिलाले सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिएन्। आरोपछि सभामुख महराले राजीनामा गरेर छानविनको लागि बाटो खुला गरिदिनुपर्ने आवाज उठिरहेको छ।

 

 

प्रकाशित: १४ आश्विन २०७६ ०६:३२ मंगलबार

नेकपा सचिवालय सभामुख