राजनीति

वामदेव भेट्न निवासमै प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतम भेट्न उनको निवास भैंसेपाटी पुगेका छन्। सोमबार बिहान ललितपुरको भैसैंपाटीमा सुविधासम्पन्न अत्याधुनिक मन्त्रीनिवासको शिलान्यास गर्न पुगेका प्रधानमन्त्रीले गौतमलाई भेटेर आएका हुन्।

संघीय मन्त्रीको निवाससँगै प्रदेश सम्पर्क कार्यालयको निर्माणस्थलमा पुगेपछि प्रधानमन्त्री ओलीले गौतमको घर नजिकै छ म उहाँलाई भेट्छु भन्दै उनको घर पुगेका थिए। ओलसँगै रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कानुनमन्त्री भानुभक्त ढकाल, पार्टीका महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि गौतमको घरमा पुगेका थिए।

धेरै दिनदेखि सार्वजनिक कार्यक्रममा सहभागी नभएका गौतम सामान्य बिरामी परेको भन्दै घरमै आराम गरेर बसेका थिए। पछिल्ला सचिवालय बैठकमा समेत उनको सहभागिता थिएन। पछिल्लोपटक ओली गौतमको सम्बन्ध सुधार भएपछि उनीहरूबीच नियमित भेटघाट हुने गरेको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०२:१९ मंगलबार

केपी_शर्मा_ओली वामदेव_गौतम