राजनीति

संक्रमणकालीन न्याय नटुंग्याए गणतन्त्र गुम्ने खतरा छः प्रचण्ड

फाइल फोटाे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन्।

तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका प्रचण्डले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरेका छन्।

अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष प्रचण्डको चेतावनी थियो।

उनले द्धन्द्धकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्नेमा पनि जोड दिए। उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुबै दल सो समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए। अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष प्रचण्डको चेतावनी थियो।

अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकि काम टुंगोमा पुर्‍याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहोर्‍याए।

प्रकाशित: ९ आश्विन २०७६ १४:१० बिहीबार

नेकपा पुष्पकमल_दाहाल प्रचण्ड संक्रमणकालीन_न्याय