राजनीति

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन्। 

बुढानिलकण्ठस्थित देउवाको निवासमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। 

‘भेटमा नेपाल अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषयमा छलफल भयो’, देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। 

प्रकाशित: ९ आश्विन २०७६ १०:१९ बिहीबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा अमेरिकी_राजदूत भेट