राजनीति

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ। पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको हो।

यसैक्रममा काठमाडौंमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ। महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको भन्दै प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ।

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

 

प्रकाशित: ७ आश्विन २०७६ ११:५८ मंगलबार

नेपाली_कांग्रेस सरकारविरुद्ध_प्रदर्शन