राजनीति

मिल्काइसकेको राजतन्त्र फर्किने सपना देखेर नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल

फाइल तस्बिर

भद्रपुर - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्। जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने उनले बताए। 'जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ', मन्त्री पोखरेलले भने, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ।'

आज झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए। उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे। उनले भने, 'भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन।'

 

   

प्रकाशित: ३ आश्विन २०७६ १३:४१ शुक्रबार

ईश्वर_पोखरेल राजतन्त्र