राजनीति

भारत र चीनसँगको सम्बन्धलाई सुदृढ बनाइएको दाबी

फाइल तस्बिर

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताएका छन्। मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराए।

पूर्व सांसद मंच, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको पनि दाबी गरे।

मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तराष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको पनि स्पष्ट पारे। उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताए।

प्रकाशित: ३१ भाद्र २०७६ ०९:०९ मंगलबार

प्रदीप_ज्ञवाली सम्बन्ध