राजनीति

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

बारा - प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा(विप्लव समूह)का बारा जिल्ला सेक्रेटरी राजन गिरी भनिने आतिश मिश्र प्रक्राउ परेका छन्। बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिँह राठौरले विप्लव समूहका जिल्ला सेक्रेटरी मिश्रलाई परवानीपुर ४ बाट पक्राउ गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मिश्रालाई पक्राउ गरेको हो।  उनीमाथि पहिलादेखि नै अन्य  मुद्दाहरु समेत रहेको प्रहरी उपरीक्षक विकास राज खनालले बताए।

मिश्रालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको खनालले बताए।

प्रकाशित: २७ भाद्र २०७६ १२:२९ शुक्रबार

पक्राउ विप्लव