राजनीति

‘विपीको सिद्धान्तमाथि प्रहार भयो’

काठमाडौं– विपी कोइरालाको एक सय ६ औं जन्मजयन्तीको मंगलबार राजधानी बोल्ने वक्ताहरुले विपीको सिद्धान्तमाथि प्रहार हुने गरी वर्तमान नेतृत्वले काम गरेको आरोप लगाएका छन्। उनका सन्देश संसारलाई नै कोशेढुंगा साविक हुने भएता पनि वर्तमान नेतृत्वले उनको भूमिकालाई इन्कार गरेको बताएका हुन्। 

प्रजातान्त्रिक विचारधारलाई मान्यता दिँदै विपीले विश्वलाई नै आदर्श दिने काम गरेकोे बक्ताहरुको भनाई थियो। उनको विचार र योजना समाज सुहाउँदो भएकोले उनका आर्दशवान वाणिहरु संसारलाई नै बाड्न आवश्यक रहेको पूर्वमन्त्री झलकनाथ वाग्लेले जानकारी दिए। उनले अहिले विपीको विचारबाट चल्नुपर्ने कांगे्रस भाडिएको र भद्रगोल अवस्थामा पुगेको बताए। ‘विपी कोइराला पार्टी मात्रै होइन, विचार सिद्धान्तका पनि जननी हुन्। उनको वाणि र काम संसारलाई बाँड्नुपर्छ,’ उनले भने। 

विपीको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस विपी कोइराला र राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच पनि  पार्टी एकता भएको छ। विपीको सिद्धान्तमाथि रहेर काम गर्दै आएको विपी प्रतिष्ठानले विपीको विचारलाई बाड्नको लागि पार्टी एकता भएको जानकारी दियो। राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवीप्रसाद ओझाले दुवै पार्टीले विपीको विचार र भिजनलाई अंगालेर अघि बढ्ने जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता, कर्मचारी, युवा लगायतको उपस्थिति रहेको थियो। ‘पछिल्लो राजनीतिक नेतृत्वले पूर्खाहरुको मर्म बुझेर विकास गर्न सकेन, सबैतिर भ्रष्टाचार बढाउँदै देशलाई खोक्रो बनाएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नयाँ पुस्ताले भोलीको राजनीतिक अवस्थासँगै देशको अवस्था सोच्न जरुरी छ।’ 

 

प्रकाशित: २४ भाद्र २०७६ १४:२२ मंगलबार

विपी_कोइराला जन्मजयन्ती