राजनीति

अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। दुई दिन अघि नेपाल आएका विदेशमन्त्री वाङ यीबीच होटल मेरियटमा भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको सम्बन्धलाई अझै दिगो र बलियो बनाउने विषयमा कुराकानी भएको भेटपछि प्रचण्डले पत्रकार सम्मेलनमा बताए। 'नेपालको आर्थिक विकासमा चिनियाँ सरकारले सहयोग गर्ने विषयमा पनि छलफल भयो। दुइटा सरकारबीचमा हुने सहयोग र सहकार्यका अझैं बिस्तार गर्ने विषयमा समेत छलफल भयो।

प्रचण्डले भने, 'भेटमा राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि चर्चा भयो। सबै विषयमा उहाँको सकारात्मक विचार हामीले पायौं।' आगामी दिनमा नेपाल चीन सम्बन्ध अर्झै सुदेढ हुनेमा प्रचण्डले विश्वास व्यक्त गरे।

यीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका थिए। यी आजै पौने एक बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०५:४९ मंगलबार

पुष्प_कमल_दाहाल नेकपा वाङ_यी