राजनीति

सत्तापक्षकै सांसदले गरे प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर । प्रदेश नम्बर २ मा सत्तापक्ष राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)का सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेकाले आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

गतआर्थिक वर्षमा भएका संसद क्षेत्र विकास योजनाको भुक्तानी नगरेको र यसबारे सरकारले भरपर्दो जवाफ नदिएकाले राजपाका केहि सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्।

राजपाका सांसदहरु विद्यदेश्वर उपेन्द्र महत्तो, डा. रिना यादव र नेत्रविक्रम साहकाे समूहले संसद बैठक चल्न नदिएपछि छलफल गर्नका लागि सभामुख सरोजकुमार यादवले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन्।

संसद अवरुद्ध गर्नका लागि प्रमुख प्रतिपक्ष नेकपा र नेपाली कांग्रेस पनि साथ दिएको छ। अहिले असन्तुष्टि सांसदहरुलाई बोलाएर छलफल भइरहेको छ।

प्रकाशित: २२ भाद्र २०७६ ०८:१९ आइतबार

प्रदेश_नम्बर_२ प्रदेशसभा_बैठक अवरुद्ध